दफा २२
स्वास्थ्य परीक्षण सम्बन्धी व्यवस्था
(१) कारागार कार्यालयले सबै बन्दीलाई सरकारी चिकित्सकद्वारा कम्तीमा _ दुई महिनाको एकपटक नियमित रुपमा र्‌ आवश्यकता अनुसार निःशुल्क स्वास्थ्य परीक्षण र उपचार गराउनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम स्वास्थ्य:परीक्षण गराउँदा कुनै बन्दीको स्वास्थ्य संस्थामा नै राखी स्वास्थ्य उपचार गराउनु पर्ने देखिएमा निजलाई कारागारमा रहेको स्वास्थ्य संस्थामा राखी उपचार गराउनु पर्नेछ।

(३) बन्दीले नियमित: रुपमा सेवन गर्ने औषधि कारागार कार्यालयले उपलव्ध गराउनु पर्नेछ।

(४) बन्दीलाई : स्वास्थ्य उपचार गराउन सम्बन्धित कारागारमा स्वास्थ्य संस्था नभएमा वा उपचारको प्रकृति अनुसार उपयुक्त नभएमा कारागारसँग सम्बन्ध रहेको अन्य स्वास्थ्य संस्थामा र त्यस्तो स्वास्थ्य संस्थामा उपचार गराउन समेत उपयुक्त नभएमा सम्बन्धित: चिकित्सकको सिफारिसमा अन्य उपयुक्त स्वास्थ्य संस्थामा उपचार गराउन सकिनेछ ।

(५)-यस- दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि /कुनै बन्दीले आफ्नो खर्चमा अरु कुनै चिकित्सक वा स्वास्थ्य संस्थाबाट उपचार गराउन चाहेमा कारागार प्रशासकले तोकिएको प्रक्रिया पूरा गरी त्यसरी उपचार गराउन अनुमति दिन सक्नेछ। (६) यस दफा बमोजिम उपचार गर्ने क्रममा कुनै स्वास्थ्य संस्थामा राखिएको बन्दी कारागारभित्रै रहे सरह मानिनेछ र सो अवधि निजले कैद बसेको अवधिमा गणना गरिनेछ ।

(७) यस दफा बमोजिम उपचारको क्रममा रहेको कुनै बन्दी निको भएमा निजको कैद अबधि भुक्तान भई सकेको वा अन्य कारणले निजलाई कारागारमा राख्नु नपर्ने अवस्थामा बाहेक निजलाई पुन कारागारमा राखिनेछ।

(८) प्रचलित कानून बमोजिम नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधि सम्बन्धित अस्पताल वा स्वास्थ्य चौकी मार्फत सम्बन्धित बन्दीलाई निःशुल्क वितरण गर्नु पर्नेछ ।